Posts

मोफसलः भ्रम कि यथार्थ ? (निबन्ध)

Image
केही हप्ताअघि एउटा साहित्यिक कार्यक्रममा निम्त्याइएका राष्ट्रियस्तरमा गिनेचुनेका एक समालोचकले मोफसल केवल एउटा भ्रम मात्रै हो भनिदिए । त्यस्तो भ्रम, जुन वास्तविकतामा छैन । तर हाम्रो मस्तिष्कमा चाहिँ यसले बर्षौं देखि डेरा जमाइराखेको छ । राजधानी बाहिर बसेकै कारण हामी आफुलाई मोफसलको अपहेलित, किनारीकृत र पछाडी धकेलिएको ठान्छौं भने त्यो हाम्रो लघुताभाष मात्रै हो । अथवा काठमाण्डौं खाल्डोमा बसेकै कारण हामी आफुलाई राष्ट्रियस्तरको ठान्छौं भने त्यो हाम्रो अहम् मात्रै हो । तर, यहिँनेर जबर्जस्त रूपमा प्रायः उठिरहने एउटा प्रश्न के हो भने, के आखिर सम्पूर्ण सत्य यो मात्रै हो त ? मोफसल शब्दको खास उत्पत्ति कहिले, कहाँ र कसबाट भयो भन्ने कुरा म अहिल्यै यकिनसाथ भन्न सक्दिनँ । र, यो लेखको मूल उद्देश्य त्यो शब्दको उत्पत्ति, उत्पत्तिस्थान र उत्पत्तिकर्ताको सम्बन्धमा बहस खडा गर्नु पनि होइन । यद्यपि, धूमिल सम्झनाका पदचापहरूलाई फर्किएर हेर्दा म किशोरावस्थादेखि नै मोफसल शब्द मेरो कानमा गुञ्जिरहेको पाउँछु । ति दिनहरूमा विशेषतः फिल्म हेर्ने बानीको घोडा सवार भएको थियो, टिगडिक–टिगडिक । छुट्टीको ...

'गालिबको चिहान'माथी कविताको स्मारक (कृति चर्चा)

Image
प्रकाश सायमी – यो नाम स्वयंमा एउटा पारिभाषिक शब्द जस्तो भइसकेको छ । किनकी सिर्जनाका अनेकन् विधाहरूमा उनि स्थापित छन् । चलचित्रकर्मी, रेडियोकर्मी, गीतकार, नाटककार, संगीत मर्मज्ञ, कवि उनका परिचयका हाँगाबिगाहरू हुन् । यीमध्ये कुनै पनि विधाबाट अलग बनाएर उनको परिचयलाई परिभाषित गर्न खोज्ने हो भने त्यो परिचय सम्पूर्ण पातहरू झरिसकेको, हाँगाबिगा भाँच्चिएर पनि ठडिरहेको एउटा कुरुप रूखजस्तो हुने पक्का छ । बहुआयामिक परिचय र व्यक्तित्वको स्तम्भ बनिसकेका उनै प्रकाश सायमीको पछिलो कृति ‘गालिबको चिहान र अरू कविता’ यतिबेला बजारमा चर्चाको विषय बनिरहेको छ । यद्यपी ‘विक्रमाब्द २०३६ सालमा भाषा आन्दोलनको सिलसिलामा नेवार भाषामा कविता लेखेर छपाएपछि कवि भएको वा कविको रूपमा चिनिएको’ भनेर स्वीकारेका उनको यो कृति (गालिबको चिहान र अरू कविता) उनले व्यतित गरेर आएको त्यहि कालखण्डको ‘फ्ल्यासब्याक’ हो कि जस्तो पनि प्रतीत हुन्छ । किनकी उनले यसमा भाषा आन्दोलनको क्रममा छापिएको आफ्नो त्यहि कविता ‘जिगू ख्वाःपा’ देखि लिएर वि.सं. २०५६ सालमा प्रकाशित आफ्नै कविता सङ्ग्रह ‘ई सलाईका काँटीहरू’को शीर्ष कविता सम...

विचारका कुरा !

Image
“मान्छेहरू विचारका अभिशप्त भरिया हुन् । त्यहि विचारका कुरा गर्न थालियो भने चाहिँ अक्सर मान्छेहरू मुन्टो बटार्छन् ।” गतहप्ता (असोज १०, २०६९)को बुधबार फेसबुकको ‘ह्वाट्स अन योर माइण्ड’ लेखिएको ‘बक्स’मा गएर यति लेखेपछि सायद मैले अलिकति राहत महशुस गरेको थिएँ । विचार बोकेका केही साथीहरूले विचार बोकेरै अविचारको कुरा गर्न थालेपछि मैले आफैलाई राहत प्रदान गर्न नै सही, यति लेख्नुपरेको थियो । मेरो विचारमा, विचारको सवालमा मान्छे एक्लो टापु हुन सक्दैन । सुन्दर होस् या असुन्दर, हितकारी होस् या अहितकारी, लोकप्रिय होस् या अलोकप्रिय, वैयक्तिक होस् या सामाजिक – जुनसुकै अवस्थामा मानिस विचारको अधिनस्थ हुन्छ । दशैंघरको प्रकाश नछिर्ने अँध्यारो कोठामा जमरा उम्रिए जस्तै विचार उम्रिन्छ – मान्छेको मस्तिष्कमा । अनुभूतिजन्य सोंचहरू विचारको प्राथमिककालिन् कच्चा पदार्थ हो । सोंचको विकास सँगसँगै मस्तिष्कको पाठेघरमा विचारको फूल फुल्छ, जमरा उम्रिन्छ । र मान्छेले त्यसैलाई शिरफूल बनाएर लगाइहिँड्छ । शदियौंदेखि मान्छेले विचार बोकि हिँडेका छन् । विचार बोकेरै मान्छे ढुङ्गे युग देखि आजको अतिआधुनिक ...

'एक झुल्को घाम' ओर्लिएपछि सडकमा

Image
पृथ्वीमा घामको झुल्का पृथ्वीको उत्पतिदेखि नै पोखिदैं आएको हो । वैज्ञानिकहरूले पृथ्वीको उत्पतिको सम्बन्धमा भन्दै आएको ‘बिग ब्याङ्ग’को सिद्धान्तलाई मान्ने हो भने यसो भन्न सकिन्छ । यस सिद्धान्तले पृथ्वीलाई सूर्यमा भएको ठूलो विस्फोटन पश्चात् उछिट्टिएर गएका टुक्राहरू मध्ये सेलाउँदै गएर बनेको एउटा ग्रह हो भन्ने मानेको छ । सौर्यमण्डलमा रहेका अन्य सदस्य ग्रहहरू पनि यसै परिणतिका उपज हुन् भन्ने मान्यता यस सिद्धान्तले राख्दछ । कालान्तरमा आएर सूर्यलाई मान्छेको चेतनाले एउटा सिड्डो सूर्यमात्र मानेन । सूर्य घाम बन्यो र उज्यालोको एउटा मानक स्रोत पनि बन्यो । घाम एउटा बिम्ब पनि बन्यो । मान्छेले हजारौं वर्ष पहिले देखि पृथ्वीमा पोखिदैं आएको घामको झुल्कोलाई मान्छेको सिड्डो चेतनास्तरस“ग जोडिदियो । परिवर्तनसँग जोडिदियो । क्रान्तिसँग जोडिदियो । आन्दोलनसँग जोडिदियो । जागरणसँग जोडिदियो । साथसाथै विकासका यावत् पूर्वाधारहरूसँग पनि जोडिदियो । हुन पनि हो, घाम नभएको भए मान्छे सधैं जीवनका अध्याँरा र चिसा गुफाहरूमा लमतन्न सुतिरहन्थ्यो होला । रामापिथेकसको ‘फोसाइल’ आधुनिक मान्छेले...

‘एक झोँका हावा’ले ल्याएको सुगन्ध

Image
गजलकार विनोद अनुज चितवनको गजल लेखनले चर्चा पाउन थालेको त्यति लामो समय भएको छैन । समग्र नेपालकै गजल लेखनको विकासक्रम हेर्दा पनि यसले आफुलाई आकर्षणको केन्द्रको रूपमा स्थापित गर्न थालेको समयावधी भनेको पछिल्लो अढाई/एक दशक यताको समयावधी नै हो । यद्यपी छोटै समयको अन्तरालमा गजल लेखन नेपाली साहित्यको केन्द्रमा स्थापित हुँदै गएको सत्यलाई भने अब कसैले पनि नकार्न सक्ने स्थिती छैन । त्यसमाथी गजल लेखनमा युवा सर्जकहरूको प्रवेशले त यो क्षेत्र दिनानुदिन उर्वर बन्दै गइरहेको देखिन्छ ।  युवा गजलकारहरूको त्यहि भीडमा मिसिएर आफ्नो सक्रिय उपस्थिती जनाउँदै आइरहेका एकजना शब्दशिल्पी सर्जक हुन् गजलकार विनोद अनुज । उनको परिचय अब गजल लेख्नेहरूको भीडमा पनि टाढैबाट चिनिन सक्ने गजलकारको रुपमा स्थापित हुने देखिन्छ । उनको पहिलो गजल संग्रह ‘एक झोंका हावा’मा संग्रहित ५६ वटा गजलहरूमध्येका अधिकांश गजलहरूले यहि कुराको संकेत गरेको छ ।  गजलकार अनुज चितवनको साहित्यिक माहोलमा विशेषगरी गजल लेखनकै लागि चिनिएको नाम हो । गजल लेखनमा लागेर उनले आफ्नो जीवनको उर्वर एक दशक समयको लगानी गरिसकेका छन् । एक रेडियोकर्मी...