मोफसलः भ्रम कि यथार्थ ? (निबन्ध)
केही हप्ताअघि एउटा साहित्यिक कार्यक्रममा निम्त्याइएका राष्ट्रियस्तरमा गिनेचुनेका एक समालोचकले मोफसल केवल एउटा भ्रम मात्रै हो भनिदिए । त्यस्तो भ्रम, जुन वास्तविकतामा छैन । तर हाम्रो मस्तिष्कमा चाहिँ यसले बर्षौं देखि डेरा जमाइराखेको छ । राजधानी बाहिर बसेकै कारण हामी आफुलाई मोफसलको अपहेलित, किनारीकृत र पछाडी धकेलिएको ठान्छौं भने त्यो हाम्रो लघुताभाष मात्रै हो । अथवा काठमाण्डौं खाल्डोमा बसेकै कारण हामी आफुलाई राष्ट्रियस्तरको ठान्छौं भने त्यो हाम्रो अहम् मात्रै हो । तर, यहिँनेर जबर्जस्त रूपमा प्रायः उठिरहने एउटा प्रश्न के हो भने, के आखिर सम्पूर्ण सत्य यो मात्रै हो त ? मोफसल शब्दको खास उत्पत्ति कहिले, कहाँ र कसबाट भयो भन्ने कुरा म अहिल्यै यकिनसाथ भन्न सक्दिनँ । र, यो लेखको मूल उद्देश्य त्यो शब्दको उत्पत्ति, उत्पत्तिस्थान र उत्पत्तिकर्ताको सम्बन्धमा बहस खडा गर्नु पनि होइन । यद्यपि, धूमिल सम्झनाका पदचापहरूलाई फर्किएर हेर्दा म किशोरावस्थादेखि नै मोफसल शब्द मेरो कानमा गुञ्जिरहेको पाउँछु । ति दिनहरूमा विशेषतः फिल्म हेर्ने बानीको घोडा सवार भएको थियो, टिगडिक–टिगडिक । छुट्टीको ...