Posts

Showing posts from July, 2014

कलाले सधैं मानवीय विचारको मात्रै संरक्षण गर्दैन– भूपिन (स्रष्टा संवाद)

Image
नेपाली कविता र निबन्धका क्षेत्रमा पछिल्लो समय निकै आशा र विश्वासका साथ लिइने नाम हो– भूपिन । पचासको दशकपछि सचेततापूर्वक काव्य तथा निबन्धको साधना गर्दै आएका भूपिनको ‘चौबिस रिल’ निबन्ध सङ्ग्रहले वि.सं. २०६९ सालको उत्तम शान्ति पुरस्कार प्राप्त गरेको छ । हाल चितवनमा बसेर साहित्य साधना गर्ने यिनै चर्चित कवि तथा निबन्धकार भूपिन सँग अक्षय अक्षर का निम्ति सहकर्मी सुमनराज श्रेष्ठ ले गर्नुभएको कुराकानी तल प्रस्तुत गरिएको छः (सम्पा.) । भूपिन साहित्यमा कहिलेदेखि लाग्नुभयो ? लेखनका सुरुवाती दिनहरूलाई कसरी सम्झिनु हुन्छ ? -विद्यालय अध्ययनको लगभग मध्यकालदेखि नै लेखनप्रति लगाव बढेको हो मेरो । बाबियोको डोरी बाट्न मेरो घरमा जम्मा भएका प्रियजननीहरूलाई मेरी आमाले सुनाउनु भएका लोककथाहरू, स्कुलमा सरहरूले सुनाएका कोर्सका कविता र व्याख्याहरू, लाहुरे दाइहरूको लागि मैले लेखिदिनु पर्ने चिठ्ठीहरू, प्रकृति र गाउँको दुखिया जीवनले मलाई लेख्न प्रेरित गर्‍यो । मनमस्तिष्कमा अटेसमटेस भई बसेका यावत कुराहरूको तनाव झेल्न र अलिकति नाम कमाउने लोभमा मैले लेख्न थालेको हुँ । लेखेपछि मनोवैज्ञानिक शान्ति मिल्थ्यो । मन...

बाहिर जाने सोंच (निबन्ध)

Image
बाहिर (विदेश) जाने सोंच वर्तमान समयमा आएर राष्ट्रिय चिन्तनको एउटा हिस्सा बनिसकेको छ । मलाई पहिले यो सोंच राष्ट्रिय चिन्तन हो भन्ने लाग्थेन । आफु जन्मिएको, हुर्किएको, खेलेको, बढेको ठाउँ चटक्कै छोडेर बाहिर जाने सोंच बनाउनु कसरी राष्ट्रिय चिन्तन हुनसक्छ ? मेरो मनमा पहिले यी र यस्तै राष्ट्रवादी प्रश्नहरूले डेरा जमाएका थिए । हाल आएर तिनीहरूले डेरा सरेका छन् । अझ यसो भनौं कि ति प्रश्नहरूले आफ्नो जवाफ पाएका छन् । पहिले मानिसहरू पैसा कमाउन मुग्लान जान्थे । अझ युवाहरूमा लाहुर जाने परम्परा/बाध्यता नै थियो । त्यो परम्परा अझै पनि जिवित छ । र कताकता त्यो परम्पराको बिँडो थाम्ने जिम्मा मलाई पनि आइलाग्दै छ कि जस्तो लागिरहेको छ । नेपालबाट बर्षेनी लाखौं यूवाहरू बाहिरिन्छन् । सुन्दर भविष्यको सपना बोकेर तिनीहरूले सुदूर क्षितिजको यात्रा तय गर्छन् । सँगै पढेका र खेलेका मेरा धेरै साथीहरू पनि यसैगरी सात समुद्रपारी पुगेका छन् । कति ‘स्टुडेण्ट भिसा’ लागेर गए, कति डि.भी परेर गए । डि.भी. त बर्षैपिच्छे मैले पनि भरिराखेकै छु । डि.भी. भनेको चिट्ठा हो । दुःखको कुरा के छ भने चिट्ठाको नाममा ...

तिमीलाई सम्झिनुको कारण (कविता)

Image
तिमीलाई सम्झिनुको विशेष कारणहरू छैन मसँग । अग्ला–अग्ला हिमालहरू देखेपनि तिमीलाई सम्झिन्छु गहिरा–गहिरा खोंचहरू देखेपनि तिमीलाई सम्झिन्छु जंगलका लहराहरू देखें भने त्यो तिम्रो केशराशी जस्तै लाग्छ निला–निला दह देखें भने त्यो तिम्रो आँखाको गहिराई जस्तै लाग्छ बगिरहने नदीको गुञ्जन सुनें भने त्यो तिम्रो आवाज जस्तै लाग्छ उफ्फ ! तिमीलाई सम्झाउनको लागि सारा प्रकृतिले नै किन पैंचो मागेको होला सुन्दरता तिमीसँग ? हाँस्नुको कारण सोधियो भने कुनै बालकसँग बग्नुको कारण सोधियो भने कुनै नदीसँग उड्नुको कारण सोधियो भने कुनै चरासँग ठडिनुको कारण सोधियो भने कुनै रुखसँग र सम्झिनुको कारण सोधियो भने कुनै प्रेमीसँग सोध्नेहरूले के उत्तर पाउँछन् होला त्यस प्रश्नको ? हो बरु बिनाकारण हाँस्ने मान्छेलाई बिनाकारण रुने मान्छेलाई पागल भनिएझैं मलाई पनि पागल भनियोस् या त कुनै प्रेमी भनियोस् यद्यपी म चाहन्छु नसोधोस् कसैले मसँग तिमीलाई सम्झिनुको कारण । तिमीलाई सम्झिनुको विशेष कारणहरू छैन मसँग । -x-x-x-

राजधानी (निबन्ध)

Image
कहिलेकाहिँ राजधानी मलाई एउटा ‘ब्ल्याकहोल’ हो कि जस्तो पनि लाग्छ । अनन्त सम्भावना र सपनाहरूको खेति गरेर राजधानी कहिल्यै थाक्दैन । मान्छेहरू राजधानीमा आफ्ना सपनाहरूको बिस्कुन सुकाउन जान्छन् । कतिपय सपनाहरूले राजधानीको पारिलो घाम तापेर सुक्ने अवसर पाउँछ, तर फेरी कतिपय सपनाहरूले राजधानीको ओसिलो शीतमा कुहिनु पनि पर्छ । ‘ब्ल्याकहोल’ एउटा अनौठो शक्तिकेन्द्र हो, अथवा भनौं यो अन्तरीक्षमा भइरहने एउटा नियमित घटना पनि हो । सुपरनोभा (सूर्यभन्दा ठूला तारा)हरूको विस्फोटनपछि अन्तरीक्षमा ताराहरू केन्द्रतिर खाँदिदै गएर असीमित गुरुत्वाकर्षण भएको अदृश्य तर साना पिण्डमा परिणत भइदिन्छन् । त्यसैलाई विज्ञानले ‘ब्ल्याकहोल’ भनेको छ । ‘ब्ल्याकहोल’ यतिधेरै शक्तिशाली हुन्छ कि त्यसबाट प्रकाश पनि उम्कन सक्दैन । मैले राजधानीलाई पनि एउटा ‘ब्ल्याकहोल’ भनिदिएँ । कारण मलाई राजधानी ‘ब्ल्याकहोल’ जस्तै लाग्छ । ‘राजधानी एक्सप्रेस’ चढेर गएका अधिकांश मान्छेहरू पनि ‘ब्ल्याकहोल’ भित्र छिरेको प्रकाशजस्तै अक्सर फिर्ता आउँदैनन्, ‘राजधानी एक्सप्रेस’ मात्रै फिर्ता आउँछ । यो देशमा ‘राजधानी एक्सप्रेस’ चढेर गएका...

‘चौबीस रिल’मा खिचिएका दृश्यहरू (कृति चर्चा)

Image
पुष २४ गतेको बिहान सदाझैँ स्टाफ बस चढी अफिस जाँदै थिएँ । मोबाइलमा अचानक एउटा मेसेज आयो । मेसेजमा लेखिएको जम्मा दुई वटा शब्द थियो – ‘चौबीस रिल’ । के हो चौबीस रिल ? किन आयो यस्तो मेसेज ? के भन्न खोजेको हो यो दुई शब्दले ? अनायासै म प्रश्नहरूको घेराबन्दीमा परेँ । आफैले आफैलाई सोधेको प्रश्नहरूको कुनै चित्त बुझ्दो उत्तर नपाएपछि त्यो प्रश्न मैले मेसेजकर्तालाई नै सोध्ने निधो गरेर दुई–तीनवटा प्रश्न हतपत्त टाईप गरी रिप्लाई पठाएँ । उताबाट झन् हाँसो पनि शब्दमा रुपान्तरित भएर अर्को मेसेज आयो – ‘हाहाहा…सोंच्नु न के होला ?’ म फेरी अर्को बिलखबन्दमा परें । बाटो हराएको बटुवाले जुन गल्ली समात्दा पनि बाटो नभेट्टाएपछि तिनको मस्तिष्कमा छाउने हैरानी मेरो मस्तिष्कमा पनि छताछुल्ल भइसकेको थियो । अन्ततः पोखिएँ, हार खाएँ र भनें – ‘मैले सकिनँ ।’ त्यसपछि उताबाट अर्को मेसेज आयो – ‘डियर ब्रदर, यो मेरो निबन्ध सङ्ग्रहको नाम हो । हाहाहा…हाऊ इज इट ?’ मेसेजकर्ता थिए कवि भूपिन व्याकुल । (त्यतिबेला उनले आफ्नो नामबाट ‘व्याकुल’ शब्द हटाइसकेका थिएनन् । अर्थात् उनी व्याकुल नै थिए भन्न सकिन्छ ।) कव...

हालखबर (निबन्ध)

Image
प्रायः साथीभाईहरूसँग भेटघाट हुँदा हालखबर सोध्ने गरिन्छ । त्यसो त ईष्टमित्र, नातागोता, आफन्ती, छरछिमेकीसँग पनि नसोधिने होइन । मेरो विचारमा हालखबर को–कोसँग सोधिन्छ भन्दा पनि हालखबर किन सोधिन्छ भन्ने कुराले बढी महत्व राख्छ जस्तो लाग्छ । त्यसो त हालखबर सोधे पनि नसोधे पनि मान्छेलाई केहि फरक पर्दैन । उदाहरणको लागी भन्नुपर्दा हामी बाटोमा हिँड्दा कयौं मान्छेहरूलाई देख्छौं तर हामी तिनिहरूको हालखबर सोध्दैनौं । हामीले हालखबर नसोधेपनि तिनीहरूलाई केहि फरक पर्दैन । तिनीहरू आफ्नै सुरले हिँडिरहन्छन्, दौडिरहन्छन् । गन्तव्यमा पुग्छन् कि पुग्दैनन् त्यो मलाई थाहा छैन । अथवा यो पनि हुनसक्छ की तिनिहरूको पनि हालखबर सोध्ने अरु नै मान्छेहरू छन् । हामीलाई थाहा नभएको हुनसक्छ । मलाई लाग्छ यो दुनियाँ अलिकति अनौपचारिकता र धेरै औपचारिकता खोज्छ । त्यसैले होला प्रायशः हालखबर सोध्ने गरिन्छ । म त्यति धेरै औपचारिकता निभाउन जान्दिनँ । तैपनि मलाई साथीहरू भेट हुँदा हालखबर सोध्न मन लाग्छ । सायद मनैबाट आउने कुरा भनेको यस्तै हुन्छ होला । मलाई पनि धेरैले हालखबर सोध्ने गर्छन् । ‘मनको बह, कसैलाई नकह’ भन्ने एउ...

ठूलो मान्छे (निबन्ध)

Image
मलाई ठूलो मान्छे बन्न मन लाग्छ । सानोमा हजुरबुवाले आशिर्वाद दिनुहुदा ठूलो मान्छे बनेस् भन्नुहुन्थ्यो । सायद त्यसैले पनि हो कि मलाई ठूलो मान्छे बन्न मन लागेको । के भनिन्छ भने बाल्यकालमा जुन कुराको गहिरो छाप पर्छ त्यो छापले मान्छेलाई जीवनभरी पछ्याउँछ रे ! मलाई पनि सानोमा हजुरबुवाबाट पाएको आशिर्वादको त्यस्तै छाप परेको हुनुपर्छ । हजुरबुवाले ठूलो मान्छे बनेस् भनेर आशिर्वाद त दिनुभयो, तर ठूलो मान्छे कसरी बन्ने भन्ने कुरा नबताइकनै जानुभयो । सायद त्यसैले अहिले मलाई ठूलो मान्छे बन्नको लागि समस्या पैदा भएको हुनसक्छ । हजुरबुवाले मलाई ठूलो मान्छे बनेस् भनेर आशिर्वाद दिनुको कारण के हो ? मलाई के लाग्छ भने मान्छेले आफ्नो जीवनकालभरी पूरा हुन नसकेका रहर र सपनाहरू आफ्ना सन्तानहरूमा आरोपित गर्न चाहन्छन् । त्यसैले मेरो हजुरबुवाले पनि आफू ठूलो मान्छे बन्नको लागी गरेका प्रयत्न र प्रयासहरू खेर गएकै कारण आफ्ना रहर र सपनाहरू म माथी आरोपित गर्नुभएको हो कि ! त्यसो भए के वहाँ ठूलो मान्छे हुनुहुन्थेन ? होइन, मेरो लागि त वहाँ सधैं ठूलै मान्छे हुनुहुन्थ्यो । अचेल हजुरबुवा हुनुहुन्न, घरतिरको...

बस नम्बर ३६४७ र केहि गफगाफ (निबन्ध)

Image
‘बस नं. ३६४७, हरियो कलर, छिट्टै आउनु ।’ घरबाट निस्कदैं थिएँ । भूपिन दाई (कवि भूपिन व्याकुल)को एस.एम.एस. आइपुग्यो । जानु थियो गोरखासम्म । साहित्य संगम, गोरखाको आयोजनामा १९८ औं भानु जयन्ती विषेश साहित्यिक कार्यक्रम हुँदै थियो असार २९ गते । अघिल्लो दिन २८ गते दिउँसो ३ बजे हामी दुई भाई निस्कियौं त्यहि ३६४७ नम्बरको बसमा गोरखाको लागि । साहित्यिक यात्रामा साहित्यिक गफगाफ भई नै हाल्छ । बाटोभरी हामीले त्यस्तै गफ गर्‍यौं र यात्रालाई निकै छोटो समयासीमा भित्र खुम्च्याईदियौं । यात्रामा सहयात्री भएन भने यात्रा लामो लाग्ने गर्दछ । सहयात्री छेवैमा भएर पनि अन्तरंग कुराकानी हुन सकेन भने त्यो यात्रा झनै लामो हुने गर्दछ । हामीलाई त्यस्तो यात्रा स्वीकार्य थिएन । बसभित्र बजेको चर्को संगीतले बेला–बेलामा कान टट्याउँथ्यो । संगीतले त यात्रालाई सहज बनाउनुपर्ने हो । प्रेमको सुमधुर धुन मिसिन नसकेको संगीतमा कुण्ठाको चर्को अभिव्यक्ति मात्र प्रकट भइरहेको थियो । “ड्राइभर दाई मन पर्यो मलाई…” र “…अर्कैले सिन्दुर हालेको” जस्ता गीतले प्रेमको ओजभन्दा कुण्ठाको भावनालाई बढी अभिव्यक्त गर्दछ । त्यस...